नेपाली कांग्रेस 'बीपी'का नेताहरूले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। बिहीबार (आज) पार्टी मुख्यालय वनस्थली पुगेर पार्टी सभापति सुशीलमान शेरचन, उपसभापति कर्ण मल्ललगायतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।
भैरहवा कारागारमा रहेका लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हस्ताक्षर सङ्कलन अभियान जारी राखेको छ। रास्वपाले राज्यले राजनीतिक 'प्रतिशोध' साँधेर पार्टी सभापतिलाई थुनामा पठाएको बताउँदै आएको छ।
हस्ताक्षर गरिसकेपछि उपाध्यक्ष मल्लले लामिछानेका प्रति राज्यले प्रतिशोध साँधेरै थुनामा पठाएको आरोप लगाए।
गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा २० पृष्ठ लामो अपिल सार्वजनिक गरेका लामिछानेले त्यहीबेलै हस्ताक्षर सङ्कलन अभियानको घोषणा गरेका थिए। त्यसअनुरूप पार्टीले हस्ताक्षर सङ्कलन जारी राखेको छ।
प्रकाशित: १९ असार २०८२ १७:५९ बिहीबार