सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक पूरा गरेका छन्।
भुर्तेलले ११.३ ओभरमा चौका प्रहार गर्दै ३५ बलमा ३ चौका र १२ छक्कासहित शतक पूरा गरेका हुन्। नेपालले टस हारेर ब्याटिङको निम्तो पाएर खेलिरहेको छ।
उनले दोस्रो विकेटका लागि वान डाउन आएका कुशल मल्लसँग १६१ रनको शतकीय साझेदारी बनाउँदै खेलिरहेका छन्।
प्रकाशित: १७ जेष्ठ २०८३ ०८:२७ आइतबार



-600x400.jpg)

