१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विधान महाधिवेशनले विधि बनाउँछ, राष्ट्रिय महाधिवेशनले नेतृत्व चुन्छ बहस अन्त नमोडौँ : गौतम

नेकपा (एमाले)का स्थाई समिति सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन नीति र विधि बनाउने थलो भएकोले बहस अन्त नमोड्न आग्रह गरेका छन्।

एमालेमा जारी नीति र नेतृत्वको बहसका सन्दर्भमा सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै गौतमले यस्तो उल्लेख गरेका हुन्। गौतमले विधान महाधिवेशनबाट पारित विधिअनुसार राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयन हुने बताए।

'विधान महाधिवेशन : विधि र नीति निर्माण गर्ने थलाे हाे, नेतृत्व निर्माण गर्ने थलाे हाेयन,' गौतमले लेखेका छन्, 'पारित विधि र नीतिअनुसार राष्ट्रिय महाधिवेशनवाट तत् अनुरुप नेतृत्व निर्माण गरिने छ। बहसलाई अन्यत्र नमाेडौँ।'

प्रकाशित: १९ असार २०८२ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App