स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिड फर्किएका छन्।
प्रधानमन्त्री ओली रेलमार्गबाट मेड्रिड आइपुगेर स्पेनका लागि नेपाली राजदूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलमा सहभागी भएका हुन्।
प्रधानमन्त्री ओली यही असार १५ गते मेड्रिड हुँदै सेभिल्ला (सेभिया) को सम्मेलनमा पुगेका थिए।
यही असार १४ गते स्पेनका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली यही असार २० गते काठमाडौं फर्कने छन्।
प्रकाशित: १९ असार २०८२ ०६:५६ बिहीबार





