नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गरेका हुन्।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा पढेर सुनाएका थिए।
यही असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा गएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले सभामा जानकारी गराए।
प्रकाशित: १७ असार २०८२ १३:३२ मंगलबार





