नेकपा एमालेका नेता पदम गिरीले निजामती विधेयकको ‘कुलिङ पिरियड’ मा षडयन्त्र गर्ने ले पद छोड्नुपर्ने बताएका छन्।
मंगलबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने बताए।
उनले भने, ‘निजामती कर्मचारी विधेयकका सन्दर्भमा जुन कुलिङ पिरियडको विषय थियो, यो महिनौँसम्म लगाएर छलफल भएको विषय हो । तर अहिले अचम्मको कुरा के भयो भन्नुहुन्छ भने कुलिङ पिरियड नै मुख्य सचिव, सचिव, सहसचिवहरुको हकमा चाहिँ लागू नहुने प्रकारले जुन खालको प्रतिवेदन बन्यो, संसदबाट पारित भयो, यो गम्भीर षड्यन्त्र हो ।’
गिरीले यस्तो कार्य जोबाट भएपनि कारबाही गर्नुपर्ने बताए। गिरीले भने, ‘यस्तो कार्य कहाँबाट भएको छ, जोबाट भएको छ, त्यो निर्मम कारबाहीको विषय बन्नुपर्छ । यसले सिंगो संसदको गरिमालाई चाहिँ बदनाम बनाउने काम भएको छ । यस्ता कुरा स्वीकार्य हुँदैनन् ।’
प्रकाशित: १७ असार २०८२ १२:५० मंगलबार





