१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने

मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।

भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा कार्यक्रम गर्दै छ। कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको छ। प्रधानमन्त्री ओली फाउन्डेसनका संरक्षकसमेत हुन्।

विशिष्ट अतिथिको रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहेकी छन्। 

प्रकाशित: १४ असार २०८२ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App