१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

कृषि मन्त्री भन्छन्: मलको हाहाकार छ, अझैँ भइरहन्छ

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले अहिले मलको हाहाकार रहेको बताउँदै अझैँ भइरहने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित दही–चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै कृषि मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

मन्त्री अधिकारीले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन मात्र मल आएको बताए। तर बजारमा ११ लाखदेखि १३ लाख टन मलको माग रहेको बताउँदै सरकारले एक चौथाइ मलको पनि आपूर्ति गर्न नसकिरहेको बताए।

‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ,’ मन्त्री अधिकारीले भने,‘एक चौथाइ मलले हामीले कसरी किसानलाई समयमा पु¥याउन सक्छौँ ? सम्भावनै छैन ।’ तर राज्यको दायित्व भइसकेपछि ‘चिन्ता नगर्नुस्, छ आउँछ’ भन्नै पर्ने अवस्था रहेको उनले बताए।

प्रकाशित: १२ असार २०८२ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App