१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

<br>

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली राष्ट्रियता र देशभक्तिपूर्ण गीतसङ्गीत अहिले सन्सारभर गुञ्जिन थालेको भन्दै खुशी व्यक्त गरेका छन्।

काठमाडौंमा आज नेपाल सङ्गीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा नेपालभित्र पनि विदेशी गीतहरुले उच्च स्थान पाइरहेकामा अहिले नेपालमा मात्रै होइन विश्वभर नै नेपाली गीत सङ्गीतले उच्च स्थान पाइरहेको बताए।

यसरी नेपाली गीत अरुले पनि सुन्नु भनेको यसको महत्व बढेको बताउँदै उनले अझै नेपाली कला संस्कृतिलाई माथि उठाउन गीत सङ्गीत तथा नाट्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए।

समारोहमा बोल्दै सांस्कृतिमन्त्री पाण्डेले आज सम्मानित हुने अग्रज स्रष्टाबाट खारिएको उत्पादन आउने र आफ्ना नयाँ पुस्तालाई हस्तान्तरण हुने विश्वास व्यक्त गरे।

उक्त समारोहमा पाँच दशक बढी समयदेखि गीत सङ्गीतको क्षेत्रमा सक्रिय वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घ साधना सम्मान’ प्रदान गरिएको थियो।

प्रकाशित: ११ असार २०८२ २०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App