९ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अर्थतन्त्र चलायमान बनाउन महिलाहरुको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान बनाउन महिलाहरुको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रको विकासमा महिलाहरुको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । आधुनिक प्रविधिहरुको प्रयोग गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्नुपर्नेमा उनको जोड थियो ।  

उपप्रधानमन्त्री सिंहले नेपालको महिला आन्दोलनकी शिर्ष नेतृ मंगलादेवी सिंहले महिलालाई मताधिकारसँगै शिक्षा र सम्पत्तिको हक, नीतिगत तहमा सहभागितको सुनिश्चिततासँगै महिलाहरुको आर्थीक अधिकारका लागि आवाज उठाएको स्मरण गरे । ‘देशको अर्थतन्त्र चलायमान बनाउन महिलाहरुको योगदान महत्वपूर्ण छ,’ उपप्रधानमन्त्री सिंहले भने ।  

काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वरका स्थानीय महिलाहरूको सीप विकास र आयआर्जन वृद्धिका लागि मंगलादेवी सिंह फाउन्डेसनले प्रदान गरेको १० दिने अचार बनाउने तालिम का सहभागिहरुलाई उनले प्रमाणपत्र वितरण गर्दै सिकेको सिपबाट आयआर्जनका लागि शुभकामना पनि दिए ।  

कार्यक्रममा मंगला देवी सिंह फाउण्डेसनकी अध्यक्ष सिर्जना सिंहले फाउन्डेसनले महिलाहरुलाई आर्थिकरुपमा सक्षम बनाउनका लागि विभिन्न स्थानमा सिपमूलक तालिमहरु सञ्चालन भइरहेको जानकारी दिइन् । उनले उत्पादनसँगै त्यसको बजारीकरणको लागि पनि सहभागिहरुले तालिमको माग गरेको भन्दै त्यसका लागि पनि फाउन्डेसनले कार्यक्रम ल्याउने बताइन् । 

प्रकाशित: ११ असार २०८२ १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App