सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज जारी छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बैठक बसिरहेको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताए।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिएको छ।
प्रकाशित: ११ असार २०८२ १५:४१ बुधबार





