१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सुवाललाई प्रधानमन्त्रीको जवाफ- केही विकास नगरे दालभात खान धेरैलाई पुग्छ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सांसद प्रेम सुवालको प्रश्नमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले 'केही विकास नगरे धेरैलाई दालभात खान पुग्छ' भनेर भनेका छन्।

सुवालले काठमाडौं-तराई-मधेस द्रुत मार्गको काम रोकेर अन्यत्र विकास गर्न गरेको प्रस्तावमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन्। 

खर्च कटौतीको प्रस्ताव गर्दै सुवालले केही दिनअघि प्रतिनिधिसभा बैठकमा द्रुत मार्ग आयोजना नै खारेज गरेर अन्यत्र विकास गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

जवाफमा प्रधानमन्त्री ओलीले भने, 'त्यस्तो कुरा गर्ने हो भने त केही विकास नगरे दालभात खान धेरैलाई पुग्छ। यस्ता कुरा गरेर विकास हुँदैन।'

प्रकाशित: १० असार २०८२ १७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App