१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बाबुरामको सहकार्य अब कोसँग ? भन्छन्–बेइमान र गन्हाएका शक्तिसँग सहकार्य गर्दैनौँ

नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले अब आफूले बेइमान र गन्हाएका शक्तिसँग सहकार्य नगर्ने दाबी गरेका छन्। मंगलवार पोखरामा पत्रकारसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।  

‘हामी जनताका मुद्दामा सहकार्य गर्छौँ। मुख्य रुपमा जो बेइमान, गन्हाएका छन्, तीसँग त हामी सहकार्य गर्दैनौँ,’ भट्टराईले भने, ‘तर चाहिँ जो नयाँ, वैकल्पिक, स्वच्छ छविका छन्। त्यस्ता कुनै पनि शक्तिसँग हामी सहकार्य गर्न सक्छौँ।’  

सहकार्यका लागि पार्टीले वार्ता समिति बनाएको र त्यसले  विभिन्न शक्तिसँग पहल गरिरहेको उनले बताए।  

भट्टराईले आफू शक्तिमा हुँदा एक रुपैयाँ भ्रष्टाचार नगरेको पनि दाबी गरे । उनले भने, ‘हात्ती र हात्ती छाप चप्पल उस्तै उस्तै हो नानु भनेजस्तो विज्ञापन गर्ने कुरा गर्नुभएन। त्यो हाँस्यास्पद हुन्छ। बाबुराम भट्टराईले कहीँकतै एक रुपैयाँ राज्य र समाजलाई नोक्सान हुने काम गरेको छ भने म अहिल्यै चुनौती दिन्छु।’  

आफू रेकर्डमै रहेको व्यक्ति भएकाले ‘सबैभन्दा पहिला छानबिन मबाट गरौँ भनिराखेको’ पनि उनले दाबी गरे। ‘त्यो गर्ने आँट गर्दैन्। त्यसकारण बाबुराम भट्टराईको बारेमा कसैले औँला उठाउने आँट गरेको छैन अहिलेसम्म,’ भट्टराईले भने।  

प्रकाशित: १० असार २०८२ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App