३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

थबाङ गाउँपालिका ५ का वडाध्यक्ष घर्तीमगरको निधन

रोल्पा जिल्लाको थबाङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गोवर्द्धन घर्तीमगरको निधन भएको छ। नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित घर्तीमगरको सोमबार (आज) निधन भएको हो।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका अनुसार घर्तीमगरको उपचारको क्रममा निधन भएको हो। पछिल्लो स्थानीय तह निर्वाचनमा उनले माओवादी केन्द्रका तर्फबाट जितेका थिए।

घर्तीमगर १० वर्षे सशस्त्र माओवादी जनयुद्ध लडेका व्यक्ति हुन्। पुनले घर्तीमगरलाई श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: ९ असार २०८२ २१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App