११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बालेन आवश्यकता अनुसारमात्र बोल्ने

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्री बालेन शाह ले आवश्यकताअनुसार सम्बोधन गर्ने बताएका छन्।

सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले ‘गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले किन सम्बोधन नगर्ने ?’ भन्ने प्रश्न सोध्दा मन्त्री पोखरेलले मन्त्रिपरिषद्मा यस विषयमा छलफल नभएको बताए।

उनले भने, ‘त्यसको बारेमा मन्त्रिपरिषद्मा आज छलफल भएको छैन। तर आवश्यकताअनुसार सम्बोधन गर्नुपर्ने ठाउँमा प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुहुन्छ।’

प्रवक्ता पोखरेलका अनुसार सरकार अहिले आगामी आर्थिक वर्षको बजेट निर्माण र पहिलो १०० दिनको कार्ययोजना कार्यान्वयनमा केन्द्रित छ। यही कारण सरकारको कार्यव्यस्तता अत्यधिक रहेको उनले उल्लेख गरे।

उनले प्रधानमन्त्रीले उचित समय र आवश्यकताअनुसार आफ्ना धारणा सार्वजनिक गर्ने स्पष्ट पारे।

यसअघि गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भएको थियो।

 

प्रकाशित: ११ जेष्ठ २०८३ १७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App