२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

कोशीको बजेट इतिहासकै सर्वाधिक झुर : पूर्वमुख्यमन्त्री राई

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारले इतिहासकै  सर्वाधिक झुर बजेट ल्याएको टिप्पणी गरेका छन्  । सोमबारको प्रदेशसभा बैठकमा उनले मन्त्री, मुख्यमन्त्रीलाई सुनाउन भन्दा पनि आकाश हेरेर आफूले धारणा राखेको बताए ।

मन्त्री मुख्यमन्त्रीलाई सुनाएर केहि पनि नहुने भएकाले आकाश हेरेर, जनता प्रतिको कर्तव्य सम्झेर प्रदेशसभामा बोल्नु परेको उनको भनाइ थियो । राईले अहिलेको जस्तो झुर बजेट पहिले पनि नआएको र भविश्यमा पनि नआउने दाबी गरे ।  

नेकपा (एकीकृत समाजवादी)का नेता राईले भने,‘अहिले जस्तो इतिहासकै झुरेष्ट बजेट पहिले पनि आएको थिएन । भविश्यमा पनि आउँदैन तर, उहाँहरूकै नेतृत्वमा सरकार बनेको खण्डमा भने  अझै झुर बजेट नआउला पनि भन्न सकिंदैन ।’

उनले आफूले चाहेको योजना बजेटमा नपरेका कारण बजेटमाथि आफूले टिप्पणी नगरेको पनि स्पष्ट पारे । राईले प्रदेशमा १० वटा प्रहरी भवन बनाउने मध्ये खोटाङमा ६ र झापामा ४ वटा योजना राखिएको बताए । अन्य क्षेत्रको प्रहरी भवनका लागि बजेट नराखेको भन्दै उनले प्रहरीको भवन दुई वटा जिल्लामा मात्रै आवश्यक पर्ने हो ? भन्दै प्रश्न गरे  ।

उनले मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीको क्षेत्रमा बजेट केन्द्रित भएको आरोप पनि लगाए । भौतिक पूर्वाधार मन्त्रालयको बजेट भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राईको जिल्लामा १ अर्ब र मुख्यमन्त्रीको जिल्लामा डेढ अर्ब विनियोजन भएको उनले बताए  । 

प्रकाशित: ९ असार २०८२ २०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App