राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी फुटाउँछु भनेर कसैले कल्पना पनि नगर्ने बताएका छन्।
सोमबार शंखरापुर नगर कार्य समितिद्वारा आयोजित जनजागरण तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै लिङ्देनले पार्टी फुटाउने आँट कसैले नगर्ने बताएका हुन्।
उनले भने,'गएको महाधिवेशनपछि कोहीले छाड्यो होला, कोही आएर जोडियो होला, तर औपचारिक रूपमा हामीले विभाजनको कुरा सुन्न पनि परेको छैन । कसैले पार्टी छोड्छु भनेर धम्की लगाउँछ होला अथवा कसैले तँलाई अध्यक्षबाट हटाएर म अध्यक्ष बन्नु भन्ने आँट गर्छ होला, तर पार्टी फुटाउँछु भनेर कसैले कल्पना गर्दैन।'
प्रकाशित: ९ असार २०८२ १७:४९ सोमबार





