३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

८४ मा बहुमत ल्याएर सरकार बनाउछौंः उपसभापति वाग्ले

क्याप्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले २०८४ सालको आम निर्वाचनमा बहुमत ल्याएर आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसरमा पाटी भक्तपुर जिल्ला कार्यसमितिले आइतबार भक्तपुरमा गरेको कार्यक्रममा उनले यसका लागि तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।

फरक प्रसङ्गमा उनले पार्टी उद्देश्य महान् भएकाले सानोतिनो कुरामा नअल्झिन अनुरोध गरे । नयाँ मान्छे प्रवेश भयो भने पार्टीमा आफूले पाउँदै आएको पद गुम्ला भन्ने चिन्ता राख्न नहुने उनको भनाई थियो । उनले भने,'म भन्दा सक्षम व्यक्ति आयो भने म चाहिँ पार्टी उपसभापति छोड्न तयार छु ।'

पार्टी अहिले संसदमा सङ्घर्षमा रहेको भन्दा त्यो संघर्ष जारी राख्न उनले बताए । आफ्नो मन्तव्य राखेर संसद बैठकमा हिँडेका उनले संसदको विरोध जारी रहने जानकारी गराए ।

प्रकाशित: ८ असार २०८२ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App