१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्छ: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन्।

शुक्रबार जनता समाजवादी पार्टीको प्रथम सङ्घीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘बजेट मन्त्री मुखी र क्षेत्रमुखी बनायो भनेर केहीले हल्ला चलाएका छन्। त्यो गलत हो, यस पटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ, ऐतिहासिक छ।’

वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्‍याउने रहेको बताउँदै, मन्त्री यादवले खानेपानी, सिँचाई, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको जानकारी दिए।

उनले भने, ‘यस पटकको बजेट मन्त्री मुखी भयो भन्नु गलत हो। रातो किताब हेर्नु होला मैले मेरो निर्वाचन क्षेत्रमा बजेट नै हालेको छैन। म चुनौती दिन्छु, सबैलाई एकै तराजुमा जोख्नु हुँदैन। जहाँ आवश्यकता छ त्यहाँ बजेट हालेका छौँ।’

मन्त्री यादवले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्दै सबैले सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: ६ असार २०८२ १९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App