३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको दाबी: नेपाललाई सुगम देशमा परिणत गरिसक्यौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दुर्गम देशबाट सुगम देशमा परिणत भइसकेको दाबी गरेका छन्। शुक्रवार ग्वार्को ओभर पासको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। 

‘हामी हार मान्दैनौँ, हाम्रो देशलाई सुगम देशमा परिणत गर्छौँ, दुर्गम देशबाट,’ प्रधानमन्त्री ओलीले भने, ‘सुगम देशमा परिणत गरिसकेका छौँ हामीले।’ 

पहिला खानेपानीको समस्या देश भरी रहेको बताउँदै उनले अहिले डाँडा डाँडामा पुगेको बताए। उनले भने, ‘खानेपानीको समस्या देश भरी थियो। देश भरी डाँडा डाँडामा खोलाका पानीहरू पम्पिङ विधिबाट हामीले पुर्‍याएका छौँ।’ 

यस्तै आज स्कुल, कलेज, क्याम्पस, युनिभर्सिटी जस्ता कुराहरू होस वा अस्पतालहरू आफूले गाउँ गाउँमा पुर्‍याएको प्रधानमन्त्री ओलीले दाबी गरे। यस्तै  एम्बुलेन्स सेवा विस्तार गरिरहेको पनि बताए। 

‘र, यी सबै कुराहरूका लागि कनेक्टिभिटी। बाटो, पुल पूर्वाधारका पहिलो सर्त हुन्। सञ्चार, विद्युत्, यी क्षेत्रमा हामीले काम गरिरहेका छौँ,’ प्रधानमन्त्री ओलीले भने। 

त्यस कारण सरकारको काममा विश्वस्त हुन जनतासँग उनले आग्रह गरे। 

प्रकाशित: ६ असार २०८२ १७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App