३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्वअर्थमन्त्री महत सोध्छन्: टोलमा बन्ने मन्दिरमा समेत केन्द्र बजेट प्रवेश गरेपछि कहाँबाट परिणाम आउँछ ?

पूर्वअर्थमन्त्रीसमेत रहेका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले बजेटको प्रभावकारिता कम हुने बताएका छन्। शुक्रबार (आज) संसद्‌मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

'बजेटको प्रभावकारिता कम हुने भयो। बजेट छरिने तर, परिणाम ननिस्किने खालको भयो। सुरुमा जे थियो, पछि आउँदा बजेट त्यसअनुरूपको आएन,' महतले भने।

उनले बजेटले स्थानीय सरकारले गर्ने काममा समेत प्रवेश गरेको बताए। 'तीन तहको सरकारको परिकल्पना किन गर्ने हामीले ? किनकि गाउँपालिकाभित्रको सानोतिनो काम त्यो पालिकाले गर्छ, प्रदेशभित्रका मझौला कार्यक्रमहरू त्यो प्रदेशले गर्छ भन्ने मान्यता हो नि। अब यही पर्यटन मन्त्रालयको कुरा गर्दाचाहिँ तीन हजारभन्दा बढी कार्यक्रमहरू प्रस्तावित गरिएका छन्। जबकि हामीले देशभरबाट बढीमा ३/४ सयवटा कुन महत्त्वपूर्ण स्थान छ, धार्मिक कोणबाट, अरु चाहिँ कोणबाट, त्यहाँ यथेष्ट पूर्वाधार सृजना गर्ने भनेर बजेट विनियोजन गर्ने हो नि। केन्द्र सरकारले गरेको यो योजना भनेर ठ्याक्कै देखिने, त्यसरी गर्ने हो नि। तर, हामीले चाहिँ २/४ लाखदेखि जुनचाहिँ त्यो टोलका मन्दिर, जुनचाहिँ त्यो गाउँपालिकाले गर्न सक्छ, स्थानीय जनताले बनाउन सक्छन्, त्यसमा गाउँपालिकाले बजेट दिन सक्छ। त्यसमा समेत केन्द्र सरकार प्रवेश गर्ने हो भने परिणाम कहाँबाट आउँछ ? इम्प्याक्ट, इम्प्याक्ट कहाँबाट आउँछ ?,' उनले भने।

प्रकाशित: ६ असार २०८२ १५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App