उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
बिहीबार (आज) अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले यो आदेश दिएको हो।
यससँगै अब पाठकले हालेको मुद्दा नटुङ्गिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन।
पाठकविरुद्ध काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी बनाएको एक भिडिओका कारण पक्राउ पुर्जी जारी भएको थियो।


प्रकाशित: ५ असार २०८२ १७:२९ बिहीबार





