डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले वैकल्पिक दलहरूसँग सहकार्यको पहलकदमी र नेतृत्व लिनेगरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बिहीबार (आज) बसेको पार्टीको जनीतिक संवाद समितिको बैठकले यस्तो निर्णय गरेको हो। 'वैकल्पिक, प्रगतिशील, लोकतान्त्रिक राजनीतिक दल, समूह वा व्यक्तिहरूसँग संवाद र सहकार्यको पहलकदमी र नेतृत्व लिनेगरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ,' बैठकको निर्णयमा भनिएको छ।
नयाँ शक्तिले विद्यमान राजनीतिक गतिरोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यका साथ संवाद समिति गठन गरेको थियो।
प्रकाशित: ५ असार २०८२ १६:१५ बिहीबार





