३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

संसदीय गतिरोध अन्त्यको निरन्तर प्रयासमा सभामुख, बैठक अनिश्चित

भिजिट भिषा प्रकरणलाई लिएर सदनमा निरन्तर हुँदै आएको प्रदर्शन अन्त्यको पहलमा बिहीबार पनि सभामुख देवराज घिमिरेले वार्तालाई निरन्तरता दिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिषरमा रहेको आफ्नै कार्यकक्षमा बोलाएर उनले कानुन मन्त्री, विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग कुराकानी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) सँग दुई बुँदे सहमति गर्दै आन्दोलनबाट पछि हटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् । रास्वपाले दैनिक जसो बेल घेराउसहित नाराबाजी गर्दै आएको छ । राप्रपाले संसद् बैठक बहिष्कारको नीति लिएको छ ।

उनीहरूको प्रदर्शनका बाबजुद सभामुख घिमिरेले सदनमा बजेटमाथिको छलफल चलाएका छन् । अवरोधका कारण लामो समय प्रभावित भएको कार्यतालिका संशोधन गर्दै सभामुख घिमिरेले आज बिहीबारदेखि विनियोजन विधेयकमाथि छलफल चलाउने तयारी गरेका हुन् । सहमतिको पहल जारी रहेपछि बिहान ११ बनेका लागि बोलाइएको बैठक अझै सुरु हुन भने सकेको छैन ।

मंगलबार बसेको बैठक सहमति खोज्न भन्दै बुधबार नराखिए पनि निष्कर्ष भने निस्कन सकेन ।

प्रकाशित: ५ असार २०८२ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App