१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आचार्यको विश्लेषण: देउवाले अहिले सबैभन्दा बढी विश्वास गरेको व्यक्ति ओली हुन्

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नचाहेसम्म वर्तमान गठबन्धन नभत्किने बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै आचार्यले यस्तो बताएका हुन्।

'यो गठबन्धन अहिले नै विघटनमा जाने आधारहरू कम देखिन्छ। किनभने सत्तामा जाने भन्नेबित्तिकै शेरबहादुरजीसँग बहुमत पुगिहाल्छ। यो गठबन्धन शेरबहादुरजीले नचाहिकन टुट्दैन,' उनले भने।

विश्लेषक आचार्यले अहिले देउवाले सबैभन्दा बढी विश्वास गरेको व्यक्ति नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रहेको विश्लेषण गरे। 'अहिले शेरबहादुरजीले सबैभन्दा बढी विश्वास गरेको व्यक्ति नै केपी ओलीजी हुन्,' उनले भने।

प्रकाशित: ४ असार २०८२ १९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App