राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीति जोगाउन नचाहेको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै आचार्यले यस्तो बताएका हुन्।
'अहिलेको गृहमन्त्रीले आफ्नो राजनीति जोगाउने इच्छा गरेको भए यो आरोप लाग्नेबित्तिकै राजीनामा दिनुहुन्थ्यो, त्यस्तो लाग्छ मलाई। रमेश लेखकजीले केही पनि नगरेको होला तर, विमानस्थल, त्यहाँको इमिग्रेसन, प्रहरी त उहाँको अन्डरमा हो नि त,' उनले भने।
विश्लेषक आचार्यले अहिलेको सरकार नै बेथिति तथा भ्रष्टाचार न्यूनीकरण गर्ने र सुशासन दिने नारा लिएर गठन भएको बताए। त्यसअनुरूप काम गर्नुपर्ने भए पनि गृहमन्त्रीले नगरेको उनले बताए।
प्रकाशित: ४ असार २०८२ १९:४१ बुधबार