३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

'संसद् आवारा भएको छ'

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अहिले संसद् 'आवारा' भएको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

भारतका समाजवादी चिन्तक राममनोहर लोहियालाई उद्धृत गर्दै आचार्यले भने, 'लोहियाले सडक शान्त भयो भने संसद् आवारा हुन्छ भनेर भन्थे। अहिले नेलापमा संसद्चाहिँ आवारा नै भएको छ। जसरी जानुपर्ने थियो, जसरी जनताका कुराहरू उठ्नुपर्ने हो, त्यो भएको छैन। यद्यपि, हुँदै नभएको पनि होइन, केही क्वालिटीका व्यवहार पनि भएका देखिन्छन् तर, खोजेजस्तो छैन।'

जेठ १४ गतेयता संसद् अवरुद्ध छ। भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् अवरुद्ध गर्दै आएको हो। यसका कारण संसद्ले बिजनेस गर्न पाएको छैन।

प्रकाशित: ४ असार २०८२ १९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App