२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

धरौटीमा छुटेपछि मिश्रले भने- राज्यले प्रतिशोध लिँदा अदालतले न्याय दियो

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

रिहा भएपछि उत्साहित देखिएका मिश्रले समर्थक र सञ्चारकर्मीमाझ आफूलाई कुनै अप्ठ्यारो नभएको बताए। उनले राज्यले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजे पनि अदालतको विवेकपूर्ण निर्णयले न्याय प्रणालीमाथिको विश्वास बढाएको टिप्पणी गरे।

‘अदालतले न्याय दिएकोमा... राज्यले अन्याय गर्दाखेरि पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि एकदम दृढ विश्वास जगाइदिएको छ,’ उनले भने।

मिश्रले राज्यले आफूहरूलाई दोषी करार गर्न विभिन्न आरोप लगाए पनि अदालतले न्याय दिएकोमा खुसी व्यक्त गरे। ‘हामीलाई देश-विदेशमा रहेका शुभेच्छुकहरूले जसरी साथ दिनुभयो, हाम्रो आत्मबल बढाइदिनुभयो, त्यसका लागि सबैलाई धन्यवाद,’ उनले भने।

उनले मुद्दा चलिरहेकाले यस विषयमा धेरै टिप्पणी नगर्ने तर आफूहरू निर्दोष रहेको बताए। उनले हिरासतमा रहँदा स्नेह देखाउने प्रहरी कर्मचारीप्रति समेत आभार प्रकट गरे।

प्रकाशित: ३ असार २०८२ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App