२४ असार २०८२ मंगलबार
image/svg+xml
राजनीति

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन्।

मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए।

उनका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए।

“यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि  थप गतिविधिहरु बढाउन आवश्यक छ”, मन्त्री गुरुङले भने।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क९डिएनएफ० को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरे। “सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले आइटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटी इन्टर्नसिपका लागि बजेट नै छुट्याएको बताए।  

प्रकाशित: २ असार २०८२ १७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App