२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

मोहन वैद्यको स्वास्थ्यमा सुधार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ। उनी हाल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्।  

छातिको सङ्क्रमणका कारण वैद्यलाई करीब एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो। उनकी छोरी चेतना शर्माले उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको बताए।  

शर्माले भनिन्, ‘बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी करीब एक महिना उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ।’ वैद्यलाई करीब १५ दिन सघन उपचार कक्ष ९आईसीयू० मा राखी उपचार गरिएको थियो। हाल उनलाई वार्डमा सारिएको छ।

प्रकाशित: २ असार २०८२ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App