१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सभामुख संसद्को अभिभावक हो, जबरजस्ती नगरियोस्: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखले जबरजस्ती गरेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखले जबरजस्ती सदन चलाएको बताएका हुन्।

'यो संसदमा एक सिट भएको पार्टी र सय सिट भएको पार्टीको मर्यादा र हैसियत उतिकै हनुपर्छ। सभामुख संसदको अभिभावक हो र सभामुख एक सिट पनि सय सिटको पनि अभिभावक हो,' उनले भने, 'संसदमा दुई पार्टीले विरोध गरिरहँदा जबरजस्ती संसद अगाडि बढाउनु संसदीय मर्यादाले पनि राम्रो होइन्। जबसम्म जबरजस्ती संसद अगाडि बढ्छ। राप्रपाले बहिष्कार गर्छ ।'

प्रकाशित: २ असार २०८२ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App