१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

विश्व योग दिवसको तयारी तीव्र : प्रधानमन्त्रीसँग छलफल

एघारौँ विश्व योग दिवसलाई भव्य रूपमा मनाउने तयारीका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुहरूको छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीनै तहका सरकारबाट योग दिवस मनाउन गठित मूल समारोह समितिले गरेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी दिइयो। उनले नेपाल योग र ज्ञानको तपोभूमि भएको उल्लेख गर्दै योगलाई जीवनशैलीका रूपमा विकास गरी ‘निरोगी नेपाल’ अभियानसँग जोडेर कार्यक्रम गर्न सुझाव दिए।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा, गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्य–सचिव शिवकुमार सापकोटा लगायत सहभागी थिए।

हरेक जुन २१ (असार ७) मा मनाइने यो दिवसको यस वर्षको नारा ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ तय गरिएको छ। दिवसको तयारीका लागि जेठ २९ गते शिक्षा मन्त्रालयमा मन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे लगायतको उपस्थितिमा बसेको बैठकले मन्त्री पन्तको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो।

प्रकाशित: २ असार २०८२ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App