३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

‘राजनीति पेसा होइन सेवा हो’: नवनिर्वाचित अखिल अध्यक्ष कडरिया

राजनीतिप्रति युवा पुस्तामा रुचि घटिरहेको बेला एमाले निकट जनवर्गीय संगठन एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आबद्ध विद्यार्थीहरूले नेतृत्वमा मेडिकल क्षेत्रमा क्रियाशील विद्यार्थीलाई चयन गरेका छन् ।

विहिबार राजधानीमा सम्पन्न अनेरास्ववियूको नेतृत्व विगतकै इतिहास तोड्दै मेडिकल क्षेत्रबाट चुनिएको छ । अनेरास्वयूको लामो इतिहासमा पहिलो पटक चिकित्सक क्षेत्रबाट नेतृत्वमा आएको हो । विगतमा मानविकी, व्यवस्थापन, शिक्षा, कानुन लगायतबाट मात्रै नेतृत्वमा पुग्ने गरेका थिए ।

अहिले नेतृत्व तहमै डाक्टर, इन्जिनियर , वकिललगायत विभिन्न सङ्कायमा अध्ययन गरिरहेका विद्यार्थीहरू पुगेका छन्। अहिले अध्यक्षमा निर्वाचित डा. सुजन कडरिया पेसाले चिकित्सक हुन् । डा। कडरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन् । उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसोसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ । उनी अनेरास्ववियु भित्रका गतिविधिमा सक्रिय छन् ।

सङ्गठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँ गाउँमा पुगेर उपचार सेवा दिएको लगायतका कारण उनी विद्यार्थीमाझ परिचित थिए । अनेरास्ववियुको मात्र नभएर विद्यार्थी सङ्गठनहरूकै इतिहासमा सम्भवतःपहिलोपटक मेडिकल डाक्टर अध्यक्ष बनेका कडरिया  काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस  गरेका हुन्।

अध्यक्ष भएपछि नागरिकसँग कुराकानी गर्दै विद्यालय शिक्षादेखि विश्वविद्यालय तहसम्मको शिक्षामा अध्ययनरत  विद्यार्थीको  हितमै योजनासहितको काम गरेर युवा माझ प्रेरणाको स्रोत बन्ने चाहना राखेका छन् ।  ३१ वर्षीय डा।सुजन कडरिया अध्यक्ष निर्वाचित भएपछि पहिलो काम समाजमा कायम रहेको निजी र सामुदायिक विद्यालयबिचको  खाडल कम गर्ने प्रयत्नमा जुट्ने बताए । क्लिनिकल साइकोलोजीमा केयुबाट स्नातकोत्तर तह पास गरेका कडरियाले स्वास्थ्य सेवामा स्वदेशमा काम गर्ने योजना बनाएका छन् ।

 ‘कोभिडको समयमा गाउँ गाउँमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गरेको हुँ । त्यसभन्दा अघि देशलाई आवश्यक पर्ने हरबखत सेवामा तल्लीन थिए र पछि पनि अग्रसर हुनेछु,’ रामेछापका कडरियाले नागरिकसँग भने ,‘राजनीति पेसा होइन सेवा हो भन्ने मेरो बुझाई छ ।’ उनी आफ्नो  पेसासहितको सेवालाई अगाडि बढाउने प्रतिबद्ध छन् । ‘ म आफ्नो पेसामा पनि उत्तिकै दत्तचित्त छु भने विद्यार्थी हकहित र र शैक्षिक सुधारका लागि पनि मेरो हरपल प्रयत्न रहनेछ’, डा। कडरियाले भने ।

सन् २०११ देखि भूगोल जिल्ला कमिटी सदस्यबाट एमाले निकट अनेरास्ववीयुको  राजनीतिमा प्रवेश गरेका अध्यक्ष कडरियाका लागि पद प्राप्ति भन्दा पनि सामाजिक सेवा पहिलो प्राथमिकता हो ।

‘म २०५९ सालमा माओवादीको जनयुद्धको समयमा रामेछापमा दुःख र त्रासका कारण काठमाडौंमा आएर अध्ययन गर्न थालेको हु,’ उनले भने,‘युवा पुस्तामा अहिले समाज प्रतिको जिम्मेवारी कम हुँदै गएको छ, त्यस कारण पनि युवा विद्यार्थीहरू राजनीति आउनु आवश्यक छ ।’

समाजमा कायम रहेको निजी र सामुदायिक शिक्षा बिचको खाडल पुर्न आफ्नो पहिलो दायित्व भएको पनि उनको भनाई छ । अहिले  निर्वाचित टिमले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरी अघि बढ्ने पनि उनको भनाई छ । ‘ निम्न वर्गले मात्र सरकारी शिक्षा हासिल गर्नु पर्ने गलत सामाजिक विचारलाई चिर्न मैले रणनीति र योजना बनाएर अघि बढ्ने छु निजी शिक्षालयमा पढ्दैमा त्यसको वर्ग माथिल्लो हुने र सामुदायिक शिक्षालयमा पढ्दै गर्दा तल्लो हुने भन्ने मानसिक विभेद छ, त्यो विभेद अन्त्य गर्न अनेरास्ववियुले पहल गर्नेछ’, उनले भने ।

आफ्नो कार्यकालमा  शिक्षाको व्यापारीकरण अन्त्य कसरी  गर्न सकिन्छ भन्ने आफूलाई लागेको पनि लागेको बताउँदै  सरकारी अथवा सामुदायिक शिक्षालयको स्तरोन्नति गरेर अगाडी बढ्न योजना बनाउने पनि उनको भनाई छ । ‘शिक्षाको एकरूपता भएन भने शिक्षाको प्रारम्भिक चरणको विभेदले नै हाम्रो समाजमा दुई वटा वर्ग जन्माउँछ । त्यो वर्गमा जहिले पनि द्वन्द्व भइराख्छ, हामीले यसलाई अन्त्य गर्नुपर्छ । यसको लागि मैले आफ्नो तर्फबाट पहलकदमी सुरु गर्छु’, उनले भने । 

उनले सङ्गठनको भवन निर्माण गर्ने पनि योजनातर्फ सङ्केत गदै भने ‘ पहिलेको जस्तै रातो घर, उज्यालो रातो घर बनाउन पहल गर्नेछ ।’

अनेरास्ववियुको उपाध्यक्षमा इन्जिनियर विकास श्रेष्ठ निर्वाचित भएका छन् । उनी सिभिल इन्जिनियर हुन् । महासचिव दीपक धामी पनि प्राविधिक क्षेत्रबाट आएका हुन् । धामीले स्तुपा कलेज बौद्धबाट एचए र बिपिएच अध्ययन पुरा गरेका छन् भने अहिले एलएलबी अध्ययनरत छन् । उपमहासचिवमा निर्वाचित भएका कमल जोशी एमएस्सीका सर्वोत्कृष्ट विद्यार्थी हुन् । यसै गरी चार निर्वाचित सचिवहरूमा गोपाल नेपाल अधिवक्ता हुन् भने रचना सापकोटा सिभिल इन्जिनियर हुन् । अर्का सचिव आकाश घर्ती भने फर्मासिस्ट पेसामा छन् । त्यस्तै ४९ सदस्यीय केन्द्रीय सचिवालय सदस्यमा ५ जना इन्जिनियरले जितेका छन् ।

प्रकाशित: ३० जेष्ठ २०८२ १९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App