एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बाबुराम भट्टराई नभएको भए जनयुद्ध भनेको मान्छे मार्ने र मर्ने मात्रै हुने बताएका छन्।
शुक्रबार नेसपा (नयाँ शक्ति) को दसौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भट्टराई नभएको भए जनयुद्ध भनेको मान्छे मार्ने र मर्ने मात्रै हुने बताएका हुन्।
उनले भने,'जनयुद्धमा कमरेड बाबुराम भट्टराई हुँदैन थिए भने जनयुद्ध भनेको मान्छे मार्ने र मर्ने मात्रै हुने थियो। उहॉंले साहित्य लाई जनयुद्धमा छोड्नु भएन।'
प्रकाशित: ३० जेष्ठ २०८२ १८:३१ शुक्रबार