१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, खुल्ला त अवरोध ?

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्ने भएको हो।

प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अवरोध गरेपछि आजसम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्।

बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गतेदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने मुख्य माग राखेका छन्।

प्रकाशित: ३० जेष्ठ २०८२ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App