१ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भेटे वैद्य

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ टिचिङ अस्पतालमा उपचाररत मोहन वैद्य भेटेका छन्।

वैद्य भेट्न श्रेष्ठ बुधबार (आज) अस्पताल पुगेका थिए। नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्य केही दिनयता अस्पतालमा छन्।

'सबन्धित चिकित्सक र परिवारका सदस्यहरूबाट केही दिनयता उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जानकारी पाउँदा खुसी लाग्यो। उहाँले छिट्टै पूर्ण स्वास्थ्यलाभ गर्नुहुनेछ र स्वस्थ भएर घर फर्कनुहुन्छ भन्ने अपेक्षा र आशासहित पुनः क. किरणको स्वास्थ्यलाभको कामना गर्दछु,' वैद्य भेटेपछि उनले भने।

वैद्यलाई पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलगायतले भेटिसकेका छन्।

प्रकाशित: २८ जेष्ठ २०८२ १५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App