५ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

रुसको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी

उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भए।

नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गरेको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख र पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो।

उक्त अवसरमा रुसी साङ्गीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।

प्रकाशित: २८ जेष्ठ २०८२ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App