१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

झापा पुगेर एमाले कार्यक्रममा विद्याले भनिन्: परिवर्तन अनुभूत हुनेगरी समृद्धि हासिल गर्नुपर्छ

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउन दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गरेकी छन्। 

नेकपा एमालेले शनिवारदेखि बिर्तामोडमा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै भण्डारीले यस्तो बताएकी हुन्। 

‘अबको हाम्रो प्रमुख गन्तव्य भनेको जनताको जीवनस्तरमा प्रत्यक्ष एवम् सकारात्मक परिवर्तन अनुभूत गराउने दिगो आर्थिक समृद्धि हासिल गर्नु हो,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्,‘संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्नु हो ।’

राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उनले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताइन्। 

यस्तै विद्यालयदेखि उच्च शिक्षासम्मका शैक्षिक संस्थाहरूमा पर्याप्त साधन स्रोतसहित प्रयोगशाला, दक्ष शिक्षक तथा प्राविधिक जनशक्तिको व्यवस्था गर्नु राज्यको दायित्व रहेको पनि पूर्व राष्ट्रपति भण्डारीले बताइन्।  रासस

प्रकाशित: २४ जेष्ठ २०८२ १९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App