१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संघीय संसदका दुवै सदनको बैठक आज, बजेटमाथि छलफल

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजे बस्नेछ। 

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यासहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् र त्यसमाथि छलफल हुनेछ। 

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्। 

राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। उक्त बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् र त्यसमाथि छलफल सुरु हुनेछ।

प्रकाशित: २१ जेष्ठ २०८२ ०६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App