१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रचण्ड जी सम्पर्कमा आउनै चाहनुभएन, सदन चलाउने मुड छैन होला: प्रधानमन्त्री

क्याप्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जानीजानी आफ्नो सम्पर्कमा आउन नचाहेको आरोप लगाएका छन्।

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न खोज्दा दाहाल सम्पर्कबाहिर रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिपक्षको यस्तो व्यवहार सधैं नचल्ने चेतावनी दिए।

नेकपा (एमाले) संसदीय दलको सोमबार बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई अनावश्यक मुद्दा बनाएर सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको टिप्पणी गरे।

‘भोलिदेखि नियमित संसद् चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालजीसँग कुरा गर्न खोजें तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन,’ प्रधानमन्त्री ओलीले भने, ‘वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला। यस्तो व्यवहार सधैं चल्दैन। संसद् यस्ता नचाहिने कुरामा सधैं बन्द हुँदैन।’

उनले गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन नचलेको अवस्थामा राजीनामा मागिनु औचित्यहीन भएको तर्क गर्दै मंगलबारदेखि सदन सुचारु हुनेमा विश्वस्त हुन सांसदहरूलाई आग्रह गरे।

प्रकाशित: १९ जेष्ठ २०८२ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App