१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

राजावादीहरूको आन्दोलनको कुनै औचित्य छैन : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजावादीहरूको आन्दोलनको औचित्य नभएको बताएका छन्। राजसंस्था पुनःस्थापनावादीहरूको काठमाडौं केन्द्रित आन्दोलनप्रति टिप्पणी गर्दै उनले मुलुक कुनै पनि हालतमा प्रतिगमनतर्फ फर्कने नसक्ने ठोकूवा गरे।

बस्नेतले भने, 'मुलुकमा सुशासनको जनअपेक्षासँग राजावादीहरूको आन्दोलनको कुनै सरोकार छैन। न उनीहरूको आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न सक्छ। गणतन्त्र ढाल्ने त दिवास्वप्न मात्र हो।'

राजतन्त्र मुलुकको न गौरवपूर्ण इतिहास हो, न आसलाग्दो भविष्य। सर्वसाधारणलाई दु:ख दिने राजावादीहरूको आन्दोलनको कुनै औचित्य उनको भनाइ छ।

प्रकाशित: १९ जेष्ठ २०८२ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App