उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि अहिलेको राजनीतिक व्यवस्था उत्तम रहेको दाबी गरेका छन्। शनिवार काभ्रेको मण्डनदेउपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।
‘विगतमा कस्तो थियो र अहिले विकासको क्षेत्रमा के के परिवर्तन आएको छ? हेरौँ र मनन गरौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘नयाँ पुस्तालाई पनि बुझाउन जरुरी छ । ०४६ पछि विकासका धेरै काम भएका छन्।’ ०४६ सालमा लोकतन्त्र पुनः स्थापनासँगै शिक्षा, स्वास्थ्य, सडक, खान पानीलगायतमा क्रमिक विकास भएको पनि उनले बताए।
विकासका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान अनुसारको व्यवस्था नै उत्तम व्यवस्था रहेको सिंहले बताए।
प्रकाशित: १७ जेष्ठ २०८२ १७:०० शनिबार





