१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

साथीहरूले गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे तर अफताफ आलमको लागि रहेछ : शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गणतन्त्रसम्बन्धी व्यङ्ग्यात्मक कविता लेखेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै व्यङ्ग्य गरेका हुन्। उनले जताततै भ्रष्टहरूको रजगज भएको र गाउँ-गाँउमा छोटे सरकारलाई मोज र भ्रष्ट, दलाल, तस्करी र बिचौलियालाई भोज भएको कवितामा उल्लेख गरेका छन्।

शाहीले लेखेको कविता:

साथीहरूले गणतन्त्र  

निर्मला पन्तको लागि आयो भन्थे !

तर अफताफ आलमको लागि रहेछ ।।

जताततै भ्रष्टहरूको रजगज भएछ ।।

गाउँ-गाँउमा छोटे सरकारको मोज भएछ।

भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ।।

प्रकाशित: १७ जेष्ठ २०८२ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App