राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बिहीबार राजसंस्थावादीहरूले गरेको प्रदर्शन स्थल रत्नपार्क र आसपासका क्षेत्रमा मोबाइल नेटवर्कमा समस्या देखिएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै प्रवक्ता श्रेष्ठले प्रदर्शन स्थल रत्नपार्क र आसपासका क्षेत्रमा मोबाइल नेटवर्कमा समस्या देखिएको बताएका हुन्।
'राजसंस्थावादीहरूको हिजो जेठ १५ गते रत्नपार्क प्रदर्शनका क्रममा रत्नपार्क र आसपासका क्षेत्रमा मोबाइलका डाटाहरू चलेनन्, नेटवर्कमा समस्या देखिएको थियो', उनले लेखेका छन्, 'यो सुनियोजित थियो कि प्राविधिक समस्या रु सम्बन्धित निकायले प्रष्ट पारोस् १ निर्बाध राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकार र सुसूचित हुन पाउने जनताको अधिकार योजनाबद्ध रुपमै कुण्ठित गरिएको हो भने यो सामान्य विषय होइन।'
प्रकाशित: १६ जेष्ठ २०८२ १२:३९ शुक्रबार





