१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बजेट ल्याउन दिन्छौँ, त्यो बाहेक अरु काम गर्न दिँदैनौँ: माओवादी केन्द्र

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बजेट प्रस्तुत गर्ने र टेबल गर्ने विषयलाई लिएर मात्र प्रतिनिधि सभाको बैठकलाई अगाडि बढ्न दिएको बताएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठक बोल्दै माओवादी केन्द्रका मुख सचेतक हितराज पाण्डेले  जिम्मेवारीपूर्वक बजेटको विषयलाई लिएर प्रतिनिधि सभाको बैठक अगाडि बढ्न दिएको बताएका हुन्।

उनले भने,'हामीले जिम्मेवारीपूर्वक आज बजेट प्रस्तुत गर्ने र टेबल गर्ने विषयलाई लिएर यो संसद् अगाडि बढाउन दिएका छौँ। त्यो बाहेक अरु काम गर्न दिँदैनौँ हाम्रो आन्दोलन जारी छ।'

प्रकाशित: १५ जेष्ठ २०८२ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App