१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

उपेन्द्र यादव बुधबार मलेसिया जाँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जान लागेका छन् । आगामी जुन १ का दिन क्वालालम्पुरमा हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव बुधबार मलेसिया जान लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  

पार्टीको प्रवास संगठन नेपाली समाज मलेसियाद्वारा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौका डाइरेक्टर डा.निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् ।

सो अवसरमा जसपा नेपालले प्रवास संगठन 'नेपाली समाज मलेसिया' पुनर्गठनसमेत गर्ने भएको छ । विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई मनोरञ्जनात्मकसमेत बनाइने आयोजकले जनाएको छ ।  

अध्यक्ष यादवसहितको टोली जुन ३ मा स्वदेश फर्कने छ ।

प्रकाशित: १३ जेष्ठ २०८२ १८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App