नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अर्थमन्त्री विष्णु पौडेलसँग योजना माग गरेका छन्।
महासचिव गुरुङले पार्टीको हुलाकी राजमार्ग केन्द्रित 'तराई मधेश जागरण अभियान र मध्यपहाडी पुष्पलाल मार्गकेन्द्रित जागरण अभियान'का क्रममा सङ्कलित योजनाहरू अर्थमन्त्री पौडेललाई बुझाएका हुन्।
त्यसमा पालिका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलगायत विभिन्न संघसंस्थाहरूबाट माग गरिएका योजनाहरू संलग्न रहेका छन्।
महासचिव गुरुङले आगामी आर्थिक वर्षको योजनामा ती योजनाहरू समावेश गरिदिन अर्थमन्त्री पौडेलसँग माग गरेका छन्।
प्रकाशित: १३ जेष्ठ २०८२ १५:१७ मंगलबार





