१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रमा एकैदिन दुई समूह समाहित, नेपाः राष्ट्रिय पार्टीसँग एकीकरण

नेकपा (माओवादी केन्द्र) र नेपाः राष्ट्रिय पार्टीबीच एकीकरण भएको छ । ललितपुरमा एक कार्यक्रम आयोजना गरी माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकीकरण घोषणा भएको हो । पार्टी एकीकरण समारोहमा

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाः राष्ट्रिय पार्टीका डा.विजय सैँजूले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।  

नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठ समूहपनि सोमबार नै माओवादी केन्द्रमा समाहित भएको थियो । पार्टी प्रवेशपछि श्रेष्ठले माओवादीमा सचिवको पद पाएका छन् । डा.बाबुराम भट्टराईसँगै २०७२ सालमा माओवादी छाडेका श्रेष्ठ १० वर्षपछि पुनः माओवादीमा फर्किएका हुन् । 

यो पनि पढ्नुहोस्

माओवादी केन्द्र र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच एकता

प्रकाशित: १२ जेष्ठ २०८२ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App