१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको टिप्पणीः यी राजावादी होइनन्, खाओवादी हुन्

राजा प्राणभन्दा प्यारो भए वीरेन्द्रको वंशनास हुँदा कहाँ थिए?

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते आन्दोलनको घोषणा गर्नेहरु राजावादी नभई खाओवादी रहेको टिप्पणी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।  

‘यो १५ गते तथाकथित राजावादीहरु, यी राजावादी साजावादी केही होइनन्, खाओवादी हुन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यिनिहरू के भनेर नारा लाउँथे? हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ। हिजो बेलुका पनि नारायणीहिटी अगाडि त्यै पो भन्दै रहेछन्(हाँस्दै)।’

राजा प्राणभन्दा प्यारो भए वीरेन्द्र शाहको बंशनास हुँदा कहाँ थिए भन्दै प्रधानमन्त्रीले प्रश्न गरे। ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्याकाण्ड हुँदाखेरी यिनिहरु कहाँ गएका थिए?,’ उनले भने।  

राजावादी र मण्डलेको बानी नै झुटा र बेइमान कुरा गर्ने रहेको पनि प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘सबै झुटा, बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने मण्डलेहरुको स्वाभाव हो। बानी हो। जनता अल्मल्याउने, भ्रममा पार्ने ।’  

राजावादीहरु कुनै महान् उद्देश्यका लागि नभई साना स्वार्थका लागि लडिरहेको पनि बताए। यस्तै सरकार अलि मौन बसेको र जनता अलि मौन बसेको अवस्थाको फाइदा लिएर राजावादीले अनावश्यक फुर्तिफार्ति गरिरहेको उनले बताए।  

प्रकाशित: ११ जेष्ठ २०८२ १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App