१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भिजिट भिसा प्रकरणः गृहमन्त्रीले १३ गते प्रतिनिधिसभामा विस्तृत कुरा राख्ने

भिजिट भिसामा मानव तस्करीको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकले त्यसबारे यही जेठ १३ गते प्रतिनिधिसभामा बोल्ने भएका छन्। शनिवार गृहमन्त्री लेखकले आफूमाथि नियोजित र षडयन्त्रमूलक प्रचारबाजी भइरहेको भन्दै प्रतिनिधिसभामा बोल्ने जानकारी दिएका हुन्। 

‘मेरा विरुद्ध नियोजित र षडयन्त्रमूलक ढङ्गबाट झुटा प्रचारबाजी भइरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसाको मात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले ग¥यो भने, प्रमाणित भयो भने म पदबाट मात्र होइन, म राजनीतिबाट राजीनामा दिन्छु।’ 

‘अब यो बारेमा म विस्तृत कुरा १३ गते सम्मानित सदन प्रतिनिधिसभामा बोल्नका लागि समय मागिसकेको छु। अरु विस्तृत कुरा म प्रतिनिधिसभामा आग्रह गर्छु,’ गृहमन्त्री लेखकले भने।  

प्रकाशित: १० जेष्ठ २०८२ १९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App